होमपेज / अर्थ
काठमाडौं । करेक्सनपछि पुँजी बजारले फेरि सरकात्मक लय समाएको छ ।
सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ । बजार समग्रमा १.३५ प्रतिशतले बढेको हो ।करोबारमा आएका सबै समुहमा हरियाली छाएको छ ।
आज दिनभर २२० कम्पनीको ५१ लाख १ हजार २९० किक्ता सेयर किनबेच भयो । यस दिन दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५६ रुपैयाँबराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गर्दा अनि लाभांशको सिजन सुरु हुन लाग्दा बजार एकाएक किन घट्यो भन्ने आम चासो र चिन्ता बढिरहेको थियो । यसबीचमा विभिन्न किसिमका विश्लेषणहरु आएको भए पनि प्रोफिट बुकलाई नै प्रमुख कारण मानिएको थियो ।
१३ मध्ये विकास बैंक समूहको सेयर मूल्य सर्वाधिक ३.१७ प्रतिशतले बढेको छ । फाइनान्स समूहको सेयर मूल्य ३.०१ प्रतिशतले, हाइड्रोपावर समूहको २.९८ प्रतिशतले, अन्य समूहको सेयर मूल्य २.२६ प्रतिशतले बढेको छ ।
कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले बढेको छ ।बुधबार सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको सपोर्ट लघुवित्तको सेयरमूल्य भने ३.२८ प्रतिशतले गिरावट भएको छ ।