होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा गिरावटको सिलसिला अझै पनि जारी रहेको छ ।
साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । आज २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।
१ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचकका साथमा खरिदबिक्री रकम पनि तल झरेको छ । घटेका बेला सबै ‘वेट एन्ड वाच’को अवस्थामा बस्दा दैनिक टर्नओभर पनि प्रभावित भएको हो ।
आज सबै समूहको परिसूचक घटेको छ ।