होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा मन्द चाल देखिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम पनि सुस्त बनिरहेको छ । यस दिन नेप्से सूचक ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा अडिएको छ ।
कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ९३ करोडमा खुम्चियो । व्यापार उपसूचक सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा अरु उपसूचकहरुमा भने १ प्रतिशत भन्दा कमको गिरावट भएको छ ।
नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख ७९ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८८ लाख ४८ हजारको कारोबार भएको छ ।बैंकिङ ५, विकास बैंक ७, फाइनान्स १६, होटल तथा पर्यटन ११, जलविद्युत् १२, जीवन बीमा ९, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा १५, अन्य ६ र ब्यापार उपसमूह ३१ अंक घटे । उत्पादन उपसमूह भने २७ अंक बढ्यो । कुल ५६ कम्पनीको मूल्य बढ्यो भने ११९ घट्यो, ७ को स्थिर रह्यो ।