ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा गिरावटको सिलसिला जारी

मंगलबार शेयरबजार परिसूचक नेप्से ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा

नेपालगाथा २०७९ श्रावण २४ गते मंगलबार १६:२२:३८ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा गिरावटको सिलसिला जारी रहेको छ । नेप्से सूचक तल झरिरहँदा कारोबार रकम पनि खुम्चिएको छ । 

मंगलबार शेयरबजार परिसूचक नेप्से ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा पुगेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ९.६८ अंकले घटेर ३९६.४२ विन्दुमा पुुगेको छ । 

आज २२२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका कम्पनीमध्ये जम्मा नोवटाका लगानीकर्ताले कमाउँदा १७१ कम्पनीका लगानीकर्ताले गुमाए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top