होमपेज / अर्थ
काठमाडौं । सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । गत साता घटेको बजार आइतबार सकारात्मक देखिएको थियो ।
सोमबार नेप्से १७.६७ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर २१०६.१६ अंकमा बन्द भएको छ ।यस दिन समग्र बजार घट्दा १३ वटा समूहका सूचकमध्ये मेनुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड समूहका सूचक बढेका छन् । उक्त समूहको सूचक क्रमशः ०.१ प्रतिशत र ०.२७ प्रतिशतले बढेको हो ।
आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ ।