होमपेज / अर्थ
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से हरियो देखिएको छ । आइतबार १०.२७ अंकले बढेको नेप्से २१२३.८२ बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.७६ प्रतिशतले ४०९.५५ बिन्दुमा पुगेको छ ।