होमपेज / अर्थ
काठमाडौं ।श्वेत गंगा हाइड्रोपावरको आइपीओ आज (साउन १८ गते) बाँडफाँट भएको छ ।
यसमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
श्वेत गंगाले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।