होमपेज / अर्थ
काठमाडौं । सेयर बजार मंगलबार सामान्य दबाबमा परेको छ ।
मंगलबार बजार परिसूचक नेप्से २.८१ अंक (०.१३) प्रतिशतले घटेर २१९३.४३ अंकमा बन्द भएको छ । नेप्से २१९३.४३ अंकमा बन्द हुदा सेन्सेटिभ इन्डेक्स पनि ४ सय २१.१३ अंकमा बन्द भएको छ ।
हिजो साढे ४ अर्बको कारोबार गरेका लगानीकर्ता आजको घटाइलाई नजरअन्दाज गर्दा बजारमा किनबेच कम भएको छ । मंगलबार २ सय १७ कम्पनीका ७८ लाख १३ हजार १ सय २ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँमा किनबेच भए ।