ट्रेण्डिङ

होमपेज / अर्थ

पर्साको  वीरगञ्जबाट रु ९० लाख बरावरको विभिन्न मालसामान बोकेको सामान वरामद

नेपालगाथा २०७९ श्रावण १३ गते शुक्रबार १८:५१:१५ मा प्रकाशित

काठमाडौं । पर्साको  वीरगञ्जबाट  रु ९० लाख बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । 

बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोेकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर ट्रक र मालसमानको रु ९० लाख ७५ हजार ४१६ बराबरको मुल्याङ्कन गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top