होमपेज / अर्थ
काठमाडौं । शुक्रबार २ घन्टा कारोबार हुँदा नेप्से सूचक छिनछिनमै तलमाथि गरिरह्यो । बजारले निश्चित गति समाउन नसकेको जस्तो पनि देखियो। तर अन्तिम प्रहरमा नेप्से बढेरै बन्द भयो ।
शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।दुई घण्टा कारोबार भएको बजारमा २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच भएको छ । आज दुई अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ ।
मौद्रिक नीतिमा थोरै सुधारको संकेत गरिंदा बजार सकारात्मक लयमा लागेको छ ।