होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक माहोल देखिएको छ ।
बुधबार २४ अंकले बढेको नेप्से आज १५.४४ अंक (०.७३ प्रतिशत)ले बढेर दुई हजार १२७.४७ को विन्दुमा पुगेको छ ।आजको दिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बढिको शेयर खरिद बिक्री भएको छ ।
बढ्दोक्रममा रहेको सूचकलाई कारोबार रकमले पनि साथ दिइरहेको छ ।आजको कारोबारमा २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको थियो । निर्जीबन बिमा, उत्पादन तथा प्रशोधन र अन्य समुहमा गिरावट आएको छ । बाँकी सबै समूहमा बढोत्तरी छ ।