ट्रेण्डिङ

होमपेज / अर्थ

यातायात कार्यालयद्वारा २२ करोड राजस्व सङ्कलन

नेपालगाथा २०७९ श्रावण १० गते मंगलबार १५:३८:०४ मा प्रकाशित

काठमाडौं ।  यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाख  राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि सो राजस्व सङ्कलन भएको हो । 

आर्थिक वर्ष २०७८÷७९ रु ५५ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । आव २०७८÷७९ मा सवारी करबाट रु ४२ करोड २२ लाख, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवभन्दा रु २२ करोड ३० लाख बढी हो । गत आवमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो । 

यस्तै आव २०७८÷७८ मा १६ हजार एक सय ८७ मोटरसाइकल, पाँच सय ११ ट्र्याक्टर, चार सय ७१ टेम्पु, २८२ ई–रिक्सा तथा २३८ जिप÷कारलगायत दर्ता भएको साहले बताउनुभयो । सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ भने २२ हजार ७५० जनाको नविकरण गरिएको छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top