ट्रेण्डिङ

होमपेज / अर्थ

मन्दाकिनी हाइड्रोको आईपीओ खुल्यो

नेपालगाथा २०७९ श्रावण ९ गते सोमबार ०९:२९:२६ मा प्रकाशित

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको हो ।कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top