ट्रेण्डिङ

होमपेज / अर्थ

संसदीय समितिले माग्यो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

नेपालगाथा २०७९ श्रावण ८ गते आइतबार १६:४५:३७ मा प्रकाशित

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको छ ।

आज बसेको छानबिन समिति बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको हाे।

छानबिन समितिले साउन ५ मा पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिएको थियो। तीन घण्टाको बयानका क्रममा उनले सिसिटीभीको स्टोरेजबारे आफूलाई जानकारी नरहेको भन्दै विज्ञसँग परामर्श गर्न सुझाएका थिए।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

अर्थमन्त्रालयले मन्त्रालयको फुटेज १३ दिनभन्दा धेरै नरहने भनेपछि संसदमा नै अर्थमन्त्रीको राजीनामा मागिएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top