होमपेज / अर्थ
काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।
आज नेप्से सुचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा आइपुगेको छ ।२ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहमा हरियाली छाएको छ । नयाँ मौद्रिक नीति जारी भएपछि सेयर बजार आइतबार पहिलोपटक खुलेको हो । मौद्रिक नीति शुक्रबार दिउँसो ४ बजेपछि सार्वजनिक भएको थियो ।
समग्रमा बजार ३.०३ प्रतिशतले बढेको हो । आइतबार कारोबारमा आएका सबै समूहमा बढोत्तरी छ । २१९ कम्पनीको २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । जीवन बिमा, विकास बैंक र नीर्जिवन बिमा समूहतर्फको आकर्षक वृद्धि देखिएको छ ।