होमपेज / अर्थ
काठमाडौँ । मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा सेयर बजारले दबाब महसुस गरेको छ ।
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ ।साताको कारोबारको अन्तिम दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से २७.२६ अंकले घटेको छ । गत कारोबार दिनको तुलनामा परिसूचक १.३३ प्रतिशत घटेर २०१७.४६ विन्दुमा झरेको छ ।
शुक्रबार बजार ओरालो लाग्दा १३ वटै समूहका सूचक राताम्मे भएका छन् । सर्वाधिक व्यापार, होटल्स एण्ड पर्यटन, डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र अन्य समूहका सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् ।
१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।