ट्रेण्डिङ

होमपेज / अर्थ

डलर सटहीमा कडाइ, २०० डलर मात्र सटही सुविधा पाउने

नेपालगाथा २०७९ श्रावण ४ गते बुधबार १४:५६:१७ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने भएका छन् ।

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैङ्कले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीबापत १५ सय डलरसम्म सटही सुविधा थियो ।

राष्ट्र बैङ्कले आज (बुधबार) एक सर्कुलर जारी गर्दै मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीबापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिन सक्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झन्डै पौने एक खर्ब खर्च गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top