ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारका सबै सूचक बढे

नेपालगाथा २०७९ श्रावण ३ गते मंगलबार १५:४५:३४ मा प्रकाशित

काठमाडौँ । आज (मंगलबार) सेयर बजारका सबै सूचक बढेका छन् । कारोबार रकम पनि वृद्धि भएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.२० अङ्कले बढेर २०४५ अङ्कमा कायम भएको छ ।

कारोबार रकम पनि सोमबारको तुलनामा एक अर्ब बढेको छ । सात दिनयता नेप्से निरन्तर उकालो लागेको छ । सोमबार १ अर्ब २९ करोड करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार २ अर्ब २९ करोडको भयो ।

बैङ्किङ ६, विकास बैङ्क ४१, फाइनान्स ४३, होटल तथा पर्यटन ३९, जलविद्युत् १५, जीवन बीमा ८०, उत्पादन ६४, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा ७२, अन्य ३ र व्यापार उपसमूह ३२ अङ्क बढे ।

कुल १४६ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ५ को स्थिर रह्यो । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो ।

गणपति लघुवित्तको ६.९, ग्रिन भेन्चरको ५.५, आईसीएफसीको ५.२ र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ४.८ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top