होमपेज / अर्थ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।
बुधबाट संसद् बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । अनाधिकृत व्यक्तिलाई संलग्न गराएर शर्माले करका दर हेरफेर गराएको भन्दै विवाद बढेपछि छानबिन गर्न बुधबारै संसदीय समिति बनेको छ ।