होमपेज / अर्थ
काठमाडौं । वायुसेवा कम्पनीले हवार्य भाडा पुनः वृद्धि गरेका छन् ।
आयल निगमनले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालकले पनि भाडा बढाएका हुन् ।बुधबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि भएको जानकारी दिइएको छ । जारी सूचनामा काठमाडौंदेखि धनगढीका लागि सबैभन्दा धेरै भाडा वृद्धि भएको छ । काठमाडौं–धनगढीका लागि २२० रुपैयाँ भाडा बढेको छ ।
काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ ।सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ४५ रुपैयाँ बढेको छ । काठमाडौं–नेपालगञ्जको भाडा १३९८० हुँदा काठमाडौं–सुर्खेतको भाडा १४९९५ पुगेको छ ।
