ट्रेण्डिङ

होमपेज / अर्थ

बजार बन्द हुने बेलामा नेप्से सूचक हरियो

बुधबार बजार परिसूचक १३.३३ अबंकले बढेर २०४३.९२ को बिन्दुमा

नेपालगाथा २०७९ असार २२ गते बुधबार १६:०४:४८ मा प्रकाशित

काठमाडौं । बजार बन्द हुने बेलामा नेप्से सूचक हरियो भएको छ । दुई दिनमा ५५ अंकले घटेपछि बुधबार नेप्से सकारात्मक भएको हो । 

बुधबार बजार परिसूचक १३.३३ अबंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेको हो ।बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।

लाइफ इन्स्योरेन्स कर्पाेरेसनको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा सीवाईसी नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कम्पनीको शेयरमूल्य १४० रुपैयाँ र १५४ रुपैयाँले बढेर प्रतिकित्ता क्रमशः १५४९ रुपैयाँ र १६९८ रुपैैयाँ कायम भयो ।

एनसीसी डिबेन्चर, सिटिजन्स म्युचल फन्ड, स्वभिमान लघुवित्त लगायतको सेयर मूल्य सबै भन्दा धेरै घट्यो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top