होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा सुधार आउने क्रम बिहीबार पनि जारी रहेको छ । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि आकर्षक सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा भने निरन्तर उछाल देखिएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।
सेयर बजारमा बिहीबार ३ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । साताको पाँचौँ कारोबार दिन बजार परिसूचक नेप्से ७४.९३ अंक (३.८२ प्रतिशत) ले वृद्धि भएर २०३७.६४ अंकमा बन्द भएको छ ।३१ जेठबाट २ हजारभन्दा तलको विन्दुमा झरेको नेप्सेले आज आज २ हजार विन्दु कायम गरेको हो।
आज १३ वटै समूहका सूचक हरियो बन्दा व्यापार समूहको सूचक सर्वाधिक ७ प्रतिशतभन्दा बढिले बढेको छ । कारोबारमा आएका २२७ वटा कम्पनीको ४७ हजार पटकको शेयर कारोबारमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर किनबेच भयो ।