होमपेज / अर्थ
काठमाडौं। आज सेयर बजार ४१.३९ अंकले बढेकाे छ । बजार २.१५ प्रतिशतले बढ्दा नेप्से परिसूचक १९६२.७१ अंकमा आएको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ ।
विकास बैंक र वित्त कम्पनी उपसूचक ४ प्रतिशतमाथिले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि करिब ४ प्रतिशत र व्यापार उपसूचक साढे ६ प्रतिशतमाथिले बढेको छ ।