होमपेज / अर्थ
काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राख्ने अनुमति पाएको छ ।
सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार कर र पछिल्लो समय घटाउने भनेको कर घटाउन नसक्दा नेपाल आयाल निगम टाट पल्टिने अवस्थामा पुगेको छ ।निगमको हालको टेकुस्थित मुख्यालयको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन मंगलबार अर्थ मन्त्रालयमा सहमति भएको हो ।
सर्वसाधारणबाट मूल्य वृद्धिको चर्को विरोध भएका बेला सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ र पछिल्लो समय पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर घटाउने भनेर घोषणा नै गरेको थियो।धितोबापत तत्काल ३ अर्ब ऋण निगमलाई उपलब्ध गराउन अर्थ मन्त्रालयले वाािण्ज्य बैंकलाई निर्देशन समेत दिएको छ । बुधबार नै निगमले जग्गा धितो राखेर ऋण लिने सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।