होमपेज / अर्थ
काठमाडौं । सेयर बजार सोमबार अस्थिर देखिएको छ । यस दिन नेप्से सूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा अडिएको छ ।
आइतबार सेयर बजारलाई प्रभाव पार्ने र नीतिगत र अन्य कुनै घटना नहुँदा पनि करिब ९५ अंककाे अस्वभाविक वृद्धि भएकाे नेप्सेमा आज करेक्सन देखिएकाे छ । गत शुक्रबार अन्दाेलन गरिरहेकाे सेयर लगानिकर्ताका केही समूह नेपाल धिताेपत्र बाेर्डबीच सहमति भए पनि त्यसमा तत्काल बजारमा ठुलाे प्रभाव पर्ने कारण थिएन।
कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ ।