होमपेज / अर्थ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा आफूमाथि उठेका प्रश्नका कारण राजीनामा नदिने बताएका छन् ।
बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’
त्यसैगरी करको दर घटबढ गर्ने कुरा अर्थमन्त्रीको क्षेत्राधिकार भएको पनि उनले बताए ।