होमपेज / अर्थ
काठमाडौं । शेयर बजार परिसूचक नेप्शे ९५ अंकले बढेको छ । एकै दिन ५ दशमलव १० प्रतिशतले बढेको नेप्से विन्दु १९ सय ५६ दशमलव ९८ को बिन्दुमा पुगेको छ ।
नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा कारोबार रकम पनि दुई अर्ब नाघेको छ । लगानी उपसूचक ८.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ८.३ प्रतिशत, व्यापार उपसूचक ७.७९ प्रतिशत र वित्त कम्पनी र हाइड्रोपावर उपसूचक समान ७.७७ प्रतिशतले बढेका छन् ।
कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।