ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

नेपालगाथा २०७९ असार १० गते शुक्रबार १८:३१:२५ मा प्रकाशित

 काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको छलफलले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो।

कांग्रेस सांसद प्रकाश रसाइलीको संयोजकत्वमा रहेको उपसमितिले इन्धनको मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बन्दै गएको भन्दै कर छुट दिएर भए पनि जनतालाई राहात दिनुपर्ने निष्कर्ष निकालेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top