ट्रेण्डिङ

होमपेज / अर्थ

साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार

नेपालगाथा २०७९ असार १० गते शुक्रबार १४:५९:१५ मा प्रकाशित

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । शुक्रबार सेयर बजारको परिसूचक नेप्से १३.७८ अंकले बढेको छ । 

नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि २.८१ अंक बढेको छ ।शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ ।बैंकिङ २, विकास बैंक ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र ब्यापार उपसमूह ३ अंक बढे ।

कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top