ट्रेण्डिङ

होमपेज / अर्थ

शेयरबजार ४५.२५ अंकले गिरावट

नेपालगाथा २०७९ असार ९ गते बिहीबार १७:१७:२५ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ ।  यस दिन कुल ४५.२५ अंकले घटेको छ । 

 साताको पाँचौँ कारोबार दिन बिहीबार पनि घट्ने क्रमले निरन्तता पाउँदा बजार परिसूचक नेप्से २.३९ प्रतिशतले गिरावट भएको छ ।सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिन्छ ।

बुधबार ८४ करोडमा सीमित भएको कारोबार रकम बिहीबार भने बढेर डेढ अर्ब नजिक पुगेको छ । बिहीबार बजारमा २३७ सूचीकृत धितोपत्र कारोबारमा आउँदा एक अर्ब ४९ करोड ९७ लाखको कारोबार भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top