होमपेज / अर्थ
काठमाडौं । पुँजी बजार फेरि तल झरेको छ । यस दिन नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा आएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर, विकास बैंक, वित्त कम्पनी र अन्य उपसूचकमा साढे २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।
बुधबार कुल २२९ कम्पनीको २० हजार ४२० वटा कारोबारबाट ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसमूह राताम्ये देखिए ।