ट्रेण्डिङ

होमपेज / अर्थ

साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घट्यो

नेपालगाथा २०७९ असार ५ गते आइतबार १६:०५:०७ मा प्रकाशित

 काठमाडौं । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । 

आइतबार नेप्से ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । आज बजार घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अंकले घटेर ३७३.८५ बिन्दुमा झर्‍यो । 

आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक राताम्मे देखिँदा पाँचवटा समूहका सूचक ३ प्रतिशतभन्दा बढीले घटेका छन् । 

आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top