ट्रेण्डिङ

होमपेज / अर्थ

सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि गर्याे आइपिओ निष्कासन

नेपालगाथा २०७९ असार ३ गते शुक्रबार १२:३९:५३ मा प्रकाशित

काठमाडौं ।  सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन आइअियोको बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले शेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताउनुभयो । सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उहाँको भनाइ छ । न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ ।

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ । रु ५१ करोडको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top