ट्रेण्डिङ

होमपेज / अर्थ

यो साता पहिलो पटक बढ्यो सेयर बजार,कारोबार रकम १ अर्बमै सीमित

नेपालगाथा २०७९ असार २ गते बिहीबार १६:२८:४२ मा प्रकाशित

काठमाडौं ।  बिहीबार शेयरबजार परिसूचक नेप्से १२.५७ अंकले बढेको छ । कारोबारका चार दिनपछि बिहीबार नेप्से ०.६४ प्रतिशतले बढेर १९७८.९४ बिन्दुमा उक्लिएको हो ।

 आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने बढेको हो ।गत मंगलबार ६० अंकको उच्च वृद्धि भएपनि त्यसयता लगातार घटेको नेप्से घट्ने क्रममा आज ब्रेक लागेको हो । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।

यस्तै, आज १३ वटा समूहका सूचकमध्ये ११ वटा सूचक हरियो देखिँदा लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्ट समूहका सूचक राताम्मे देखिएका छन् । साथै, अन्य समूहको सूचक सर्वाधिक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top