होमपेज / अर्थ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् ।
जेठ १४ गते अर्थ मन्त्रालयमा पूर्वनासु आएर करका दर हेरफेर भएको र देशमाथि घात भएको भनेर प्रतिपक्षले उठाएको प्रश्नमा अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो नभएको बताएका छन् ।बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’