होमपेज / अर्थ
काठमाडाैं | सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व कार्यकारी निर्देशक डा. शंकर आचार्यलाई नियुक्त गरेको छ । सरकारले मंगलवारको मन्त्रिपरिषद् बैठकबाट सञ्चालकमा नियुक्त गरेको सूचना पाएको भए पनि अहिलेसम्म पत्र भने पाइनसकेको शिवाकोटीले जानकारी दिए ।
स्थानीय तह निर्वाचनअघि नै नाम सिफारिस गरिए पनि निर्वाचनका कारण सरकारले राष्ट्र बैंक सञ्चालकको नियुक्ति चुनावपछि मात्रै गरेको हो । आचार्य र शिवाकोटीलाई सरकारले आगामी ५ वर्षको लागि राष्ट्र बैंकको सञ्चालक समितिमा नियुक्त गरेको हो । यसअघि पाँच वर्षे कार्यकाल सकेर बिदा भएका श्रीराम पौडेल र रामजी रेग्मीले अवकाश पाएपछि रिक्त रहेको पदमा शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।