होमपेज / अर्थ
काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।