होमपेज / अर्थ
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ३४.७९ अङ्कले घटेर २४ सय तल झरेको छ। मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ। केही समय अघि ३१ सय पार भएको नेप्से २४ सय तल झरेर फेरी उकालेको लागेको थियो । लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ। होटल तथा पर्यटनबाहेक सबै समूहको सूचक घटेको छ।