ट्रेण्डिङ

होमपेज / अर्थ

बलेफी हाइड्रोपावरको आईपीओ खुल्यो

नेपालगाथा २०७८ चैत्र १६ गते बुधबार १८:०९:२५ मा प्रकाशित

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) बिक्रीका लागि आज (बुधबार)बाट आवेदन खुलेको छ । कम्पनीले कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिने छ । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । चैत २१ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । आफ्नो बैङ्क खाता रहेको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५७ पैसा छ । कम्पनीले निर्माण गर्ने जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ बराबर छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ३६ मेगावाट क्षमताको अपर बलेफी ए आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top