होमपेज / अर्थ
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेको छ। दुई दिन बढेर त्यसपछि बुधबार २० अंकले घटेकोमा आज नेप्से परिसूचक दुई हजार ६१३ दशमलव ६७ बिन्दुमा झरेर बजार बन्द भएको छ। यस दिन जीवन बीमा कम्पनीहरूबाहेक ११ उपसमूहको शेयरमा गिरावट आएको छ। नेप्से घटे पनि आज बजारमा लगानीकर्ताको भने आकर्षण देखिएको छ। अघिल्लो दिनभन्दा यस दिन कारोबार रकममा वृद्धि भएको छ।
बुधबार २ अर्ब ४ करोड रुपैयाँको मात्र शेयर खरीदबिक्री भएकोमा आज ३ अर्ब २४ करोड रुपैयाँको ५२ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको छ।