ट्रेण्डिङ

होमपेज / अर्थ

२६३० अङ्कमा झऱ्यो नेप्से

नेपालगाथा २०७८ चैत्र ९ गते बुधबार १६:०३:०१ मा प्रकाशित

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २६३० अङ्कमा झरेको छ । अघिल्लो दिन २६५० अङ्कमा पुगेको परिसूचक बुधबार २०.३४ अङ्कले झरेको हो । कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । ३० कम्पनीको मूल्य बढ्यो भने १५६ को घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । बैङ्किङ ९, विकास बैङ्क ५३, फाइनान्स ३४, होटल तथा पर्यटन १९, जलविद्युत ३६, जीवन बीमा १२८, उत्पादन ७०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ७८ र अन्य उपसमूह २९ अङ्कले घटे । व्यापार उपसमूह भने १२ अङ्क बढ्यो ।

राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढ्यो । राष्ट्रउत्थानको मूल्य प्रतिकित्ता ७४५ र इमर्जिङको ६९१.६० पुगेको छ । बुद्धभूमि हाइड्रोको मूल्य ३.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआइसी एसिया बैङ्क, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रो, टेलिकम र अपी पावर क्रमश: अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top