होमपेज / अर्थ
काठमाडौं । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ ।
आज (मार्च १६) मा प्राप्त नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको निमगले जनाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।
नयाँ मूल्यसूची आएसँगै अब निगमलाई १५ दिनमा नै पेट्रोलियम पदार्थमा पाँच अर्ब ३० करोड रुपयाँ घाटा हुने अवस्था आएको जनाइएको छ ।