होमपेज / अर्थ
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।