होमपेज / अर्थ
काठमाडौं । शेयरबजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकले उछाल आएको छ । यस दिन १०१ अंकले उकालो लागेकाे नेप्से २६ सय ६८ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ ।
सबै समूहमा हरियाली छाएको छ । विशेषगरी बिमा, उत्पादनमूलक, फाइनान्स तथा होटेल–पर्यटन समूहमा अझै बढी तेजी देखिएको छ । अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।