ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

नेपालगाथा २०७८ फाल्गुण २५ गते बुधबार १४:४९:३५ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार विश्वमा महामारी, युद्ध वा अन्य संकट आईपर्दा सुनको मूल्य सबैभन्दा छिटो प्रभावित हुने गरेको छ । 

चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top