ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से परिसूचक झिनो अंकले बढ्यो,कारोबार रकम साढे दुई अर्बमात्रै

नेपालगाथा २०७८ फाल्गुण २३ गते सोमबार १६:०९:२८ मा प्रकाशित

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । 

सेयर बजार विस्तारै लयमा फर्किन प्रयत्नमा लागेको छ । यस दिन नेप्से सूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा आएको छ । दिनभर बजारमा सामान्य उतारचढाव देखिए पनि अन्तिममा एक अंक बढेर बन्द भएको छ ।

नेप्सेमा सुस्तता छाउँदा कारोबार रकममा पनि संकुचन देखिएको छ । सोमबार  बजारमा दुई अर्ब ६० करोडको सेयर कारोबार भएको छ । आइतबार पनि कारोबार रकम दुई अर्बमा सिमित भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top