ट्रेण्डिङ

होमपेज / अर्थ

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर

नेपालगाथा २०७८ फाल्गुण १९ गते बिहीबार १४:५७:४८ मा प्रकाशित

काठमाडौं । रुसले युक्रेनमा आफ्ना सेनाकाे उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ ।

जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ ।युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न हुँदा उच्च मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top