होमपेज / अर्थ
काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजारमा बुधबार पनि उच्च अंकले गिरावट आएको छ ।
बजार परिसूचक नेप्से ६३.९८ अंकले गिरावट भएर २५४६.६० अंकमा बन्द भएको छ ।नेप्से सूचक तल झर्नेक्रम नरोकिंदा आम लगानीकर्ता अन्योलमा परेका छन् ।३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा तरलता संकुचन र ब्याजदर वृद्धिले बजारलाई अप्ठेरोमा पारेको अनुमान गरिएको छ ।
कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ, भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार भने महाशिवरात्री पर्वको कारण शेयर बजार बन्द भएको थियो ।