होमपेज / अर्थ
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवाती केही घण्टा बढेको बजार अन्ततः ४३.१२ अंकले घटेर २६१०. ५८ को बिन्दुमा आएको छ ।
संसदबाट एमसीसी अनुमोदन भएपछि बजार बढ्ने हल्ला चलाएर सुरुआती समयमा केही समूहले बजार बढाउने प्रयास गरेपनि त्यसलाई गलत सावित गर्दै नेप्सेमा उच्च गिरावट भएको हो ।
नेप्से घटिरहँदा कारोबार रकम पनि प्रभावित हुँदै आएको छ । वित्तीय प्रणालीमा सहजरुपमा तरलता उपलब्ध नहुनु, ब्याजदर वृद्धि लगायतका घटना एकसाथ आउँदा सेयर बजार प्रभािवत भएको हो ।
सोमबार कुल कारोबार रकम ३ अर्ब ६६ करोडमा सीमित हुँदा तनहुँ पावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्किट लेवलमा घट्दा लगानीकर्ताले धेरै गुमाए ।