ट्रेण्डिङ

होमपेज / अर्थ

 व्यवसायतर्फ लम्कदैं किशोर किशोरी

लघु उद्यम विकास तालिम सम्पन्न

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १५:५९:३१ मा प्रकाशित

सुर्खेत । बराहताल गाउँपालिकाका करिब दुई दर्जन किशोर किशोरीहरुले जीवनयापन सहज रुपमा अगाडि बढाउन व्यवसाय गर्नुपर्ने बताएका छन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना र बराहताल गाउँपालिकाको समन्वयमा पावर परियोजना अन्तर्गत सञ्चालन भएको लघु उद्यम विकास तालिमका सहभागीहरुले यस्तो बताएका हुन् । किशोर किशोरीलाई व्यवसायिक योजना बनाउन सिकाउने उद्देश्यले सञ्चालन भएको पाँच दिने तालिममा किशोर किशोरीले आफूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यवसायमा लाग्ने बताएका हुन् ।
 

तालिमलाई समापन गर्दै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले गाउँपालिकाले युवाहरुका लागि आय आर्जन तथा लघु उद्यमका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो उद्यमीहरुलाई सहयोग गर्नका लागि गाउँ पालिकाले बंैकसँग सम्झौता गरेको बताउँदै अध्यक्ष बस्नेतले तालिमका सहभागी किशोर किशोरीका आगामी दिनका क्रियाकलापलाई हेरेर पालिका भरका सबै किशोर किशोरी समक्ष लघु उद्यम विकास तालिमलाई विस्तार गर्नेसमेत बताउनुभयो । यसैगरी पावर परियोजनाका कार्यक्रम संयोजक तेज सोनामले किशोर किशोरीको व्यवसायमा लगानी गर्न इच्छुक भएकाले व्यवसायिक योजना बनाएर लगानीका माग गरेमा योजना हेरेर लगानी गर्न तयार रहेको बताउनु भयो । 
​​​​​

स्याक नेपालका कार्यसमिति सदस्य नवराज खड्काले लघु उद्यम विकास तालिमबाट किशोर किशोरीले व्यवसाय गर्दा आउन सक्ने चुनौतीसँग सामना गर्ने तरिका समेत सिकेकोमा खुशी लागेको बताउनुभयो । उहाँले किशोर किशोरीको व्यवसाय संञ्चालनमा संस्थाले पाँच वर्षसम्म निरन्तर सवल र सक्षम बनाउन सहयोग गर्ने बताउनुभयो । तालिमको सहजीकरण स्याक नेपालका हरि कोइरालाले गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top